किन हुँदैन त तामाङ चेलीको थर परिबर्तन ?
by tanamgNET on May.17, 2010, under ग्रेन ग्याम
-अमृत योन्जन-तामाङ
मानिस सामाजिक तथा चेतनशील प्राणी हो । प्रजाति, उपजाति, जाति र सहजातिमा बिभाजित मानब समाजको आ-आफ्नै मौलिक सांस्कृतिक परम्परा, मान्यता तथा मुल्यहरु हुन्छन । यहां तामाङ समाजमा स्थापित सांस्कृतिक मुल्य, मान्यताको आधारमा ‘तामाङ छोरीचेलीको थरको स्थायित्व’ बारेमा छोटो बिबेचना गरी तामाङ माहिलाको अधिकारबोध बारे जागरण गराउने प्रयास भएको छ ।
हिन्दु समाजको दबाबले हो वा प्रभाबले हो वा अज्ञानताले हो हाल तामाङ छोरी चेलीले पनि हिन्दु छोरीचेलीले झै आफ्नो तर फेरेर श्रीमानको थर लेख्ने गरेको पाईन्छ । थर परिबर्तन गर्ने यस प्रकारको प्रचलन तामाङ साँस्कृतिक मुल्य र मान्यता बिपरित छ । कुनै पनि सांस्कृतिक मुल्य र मान्यतालाई समकालिन समाजको आधारमा जोख्नु आबश्यक छ र अनुकुल भए अपनाउनु पर्दछ नत्र छोडनु पनि पर्दछ । कसैले पनि आफुलाई दास बनाउने र बन्धनकारी सांस्कृतिक मुल्य र मान्यतालाई स्वीकार्नु हुँदैन पनि । बिबाहित चेलीले आफ्नो थर पतिबर्तन गरेर श्रीमानको थर झुण्डाउनु भनेको पनि श्रीमानको दासत्व स्वीकार्नु नै हो र आफ्नो अस्तित्व गुमाउनु पनि हो । (continue reading…)
को हो लामा ?
by tanamgNET on May.16, 2010, under ग्रेन ग्याम
परशुराम तामाङ
लामा भन्नाले लामा बुद्धधर्मद्वारा दिक्षित पुरोहित भन्ने बुझिन्छ । यो बर्गमा लोपान, लोवन र ङाक्पा पर्दछन । तामाङ समाजमा लामाको प्रमुख दायित्व मृत्युसंग सम्बन्धित संस्कारहरु गर्नुरहेको हुन्छ । तामाङ जातिको धर्मिक परम्परा र पदसोपानमा लामा अत्यन्तै सम्मानित पद मानिन्छ । तामाङहरु लामालाई अत्यन्तै आदरार्थी शब्दहरुद्वारा सम्बोधन गर्दछन ।

लामा बन्नको लागि लामो प्रशिक्षण , मन्त्रदान र शिक्षादिक्षाको आबश्यकता पर्दछ । लामाहरु बु्द्ध धर्म अध्ययनका साथै कर्मकाण्डका तौर तरिकाहरु सिक्दछन अनि ठुला लामाबाट वाङ,लिङ मिन्छन र समय समयमा गुफा बस्छन । तामाङ लामाहरु गृहस्थि हुन्छन । उनीहरु काम र अनुभवाट पनि प्रशिक्षण हासिल गर्दछन । बाबुले गरेको देखेर छोराले पनि सिक्दछन । त्यसैले बाबुको शेषपछि छोराले लामाको ठाउँ लिंदै जान्छ । तर त्यो बाबुबाट छोरामै सर्नु पर्छ भन्ने अनिबार्यता भने छैन । साथै, तामाङ समाजमा रुई(थर) सोपान नभएकोले निश्चित रुईको सदस्यनै लामाको हकदार हुँदैन । समाजमा लामाको काम प्रतिष्ठपुर्ण र सालिन्दा जजमानबाट निश्चित आर्थिक र भौतिक लाभ प्राप्त हुने हुँदा सामान्यतया लामाको काम बाबुबाट छोरामा सरेको देखिन्छ । (continue reading…)
सर्यो तामाङ फिल्म एण्ड म्युजिक अवार्ड
by tanamgNET on May.10, 2010, under तिनिला ताम
तामाङ चौतारीको आयोजनामा हुन लागेको तामाङ फिल्म एण्ड म्युजिक अवार्ड जेष्ठ २१ गते सम्मको लागि सारिएको छ । । देशको जटिल राजनैतिक परस्थितिका कारण कार्यक्रम सारिएको चौतारीले जनाएको छ । चौतारीले कार्यक्रम सार्नु पारेकोमा सम्पुर्णमा क्षमा पनि मागेको छ । चौतारीले प्रकाशित गरेको सुचना यस्तो रहेको छ ।

तामाङ लोक कथा सुबी
by tanamgNET on May.06, 2010, under सेमल्हेङ
रमेश कुमार तामाङ/
नेपालला स्हयाररी छ्याबा खोटाङ जिल्लारी मुबा तामाङ नाम्सा गीक्ला ताम हीन्ना । स्याङ्ल्याङ ह्रीला ताङ्री छ्याबा दुबे नाम्सा च्यासी ची गे ह्राङ्बा, ज्याबाना ज्याबा नाम्सा मुबा । बाला, तार देन अुर साप्रासे च्युर्पा सोदेन वाला लेसे न्हान्बा च्यामान ज्येबा ना ज्येबा, ह्याल्बा,डिक्पाना डीक्पा दीम्दुगुसे चु नाम्सादा तोदे दोनान ज्याबा देन सेम ताङ्बा स्होबा मुबा । स्हयोरी नामेदुगुला चीर चीर, ङ्यासे डाम्फु, टुङना देन ख्रीन्चीला स्यांअी ज्यांअी ओसेम ह्वारी बुदेन ह्रीरी छामेब्योन्से गोबा ह्वाअीसा –लोकगीत) दुगुसे चु नाम्सादा ज्याबा स्होबारी म्हार्री ज्याथाङ काप्सी पीन्बा मुबा ।
नाम्साला क्रारीन आङ्दोर्जे देन आङ्ल्हामुला ज्याबा दीम गीक मुबा । थेनी ङीला ब्रेल्साङ ताबा दीङ ङीरीन जामेगीक केबा मुबा ओसेम थे लीच्छा दान्दे दोना थेन्ला दोङ्री स्यान केबा कीन्बा आरेबा । लामासे जामेला मीन आङ्सुबी थान्बा मुसाअी नाम्सारी बेनान्से थेदा सुबी पाङ्सी ङयोअी मुबा ।
नाम्सारी सुबीला ल्हानान ह्रोदुगु मुसाअी नोन थेला डीक्पा ह्रो बीसाम आस्याङ्ला जा पाल्देन मुबा । ह्रीरी छे खान्बारी नीमा, सीङ, म्हअीबारी नीमा, बुह्वारीरी नाङ्बा नीमा पाल्देन देन सुबी बुर्गानला ह्वाबा योमो ह्राङबा छ्याम्छ्याम्नुन म्राङमुबा । यो आयो फीट ङासे गाङ्साल नोबा छ्यार्पानादछ्यार्पा, जान्बाना जान्बा ज्योमो गाङ ह्राङबा ह्याल्बा स्याल ताबा दीङ च्युर्र्कुला पाल्देन चे नाम्साला बेनान बीमा मोत्ला छारब्योन मुबा ।
पाल्देन देन सुबी छ्यामछ्याम ब्रामा ङ्यान्गे, मुरी लानी दीनी फ्याबा ह्राङबा छोर्मुबा । ह्रीला क्यारमार्ला नामेदुगुना
तामाङ्ग समुदायमा ल्हो छारको बिबाद र समाधान
by Indra Singh Dong on Mar.10, 2010, under सेमताम
ल्होसार/ल्होछार सरल र शब्दीक अर्थ ल्हो(बर्ष/वर्ग) सार/छार(नयाँ) । नयाँ बर्ष कुनैपनि एउटा निश्चित पात्रोका लागि बिबादरहित अर्थ हुन्छ, पुरानो बर्ष सिद्धिएर अर्को नयाँ बर्ष शुरु हुनु हो । तर हाम्रो देश नेपालमा आदिमकालदेखि स्थायीरुपले बसोबास गर्दै आइरहेका बिभिन्न मूलबासीहरु मध्ये तामाङ्घ, गुरुङ्घ, मगर, शेर्पा, ह्योल्मो, हुम्ली, डोल्पाली, मुगुम लगायत थुप्रै हिमाली जातिहरुले आफ्नो महायानी वौद्ध परम्पराअनुसार ल्होछार मनाउँदै आइरहेका छन, तर छुट्टा छुट्टै समयमा । प्रकृतिको नियम नै यो हो कि आगोले कुनै भेदभाव बिना सबैलाई पोल्छ मतलब कुनै निश्चित पात्रो तँपाईले मानेपछि त्यसमो शुरु र अन्त्य न्यस पात्रो मान्ने सबैलाई एउटै हन्छ न कि एक समुह या वर्गलाई छुट्टै र अर्कोलाई छुट्टै । प्राकितिक कुराहरु सबैलाई बराबरी भए जस्तै महायानी बौद्ध परम्परागत मन्जुश्री चन्द्र पात्रो मानेपछि त्यस पात्रोले जनाएको पुरानो बर्षको अन्त्य र नयाँ बर्षको शुरुवात नै एक मात्र ल्होछार हो र अन्य सबै पराकालदेखि चलि आएको र्पव मात्र हो । न कि धनीको छुट्टै ल्होछार, गरिबको छुट्टै ल्होछार र यो उ त्यो समूहको छुट्टै ।
(continue reading…)



